सुर्खेत । सुर्खेतको ऐतिहासिक तथा पुरातात्विक स्थल काँक्रेविहारमा बुद्धको मूर्ति राख्न नहुने भन्दै विभिन्न जातीय तथा धार्मिक संघ-संगठनहरुले आज जिल्ला बन्द गरेका छन् ।
काँक्रेविहारलाई कुनै एक धर्मको नाममा भन्दा पनि सबैको साझा स्थलका रुपमा विकास गर्नुपर्ने भन्दै जिल्लाका विभिन्न १३ जातीय तथा धार्मिक संगठनहरुले बन्द आह्वान गरेका हुन् ।
बन्दका कारण यातायात र बजार ठप्प छन् । एक महिनाअघि जिल्लाका बौद्धमार्गीहरुले काँक्रेविहारमा बुद्धमूर्ति राख्ने प्रयास गरेपछि विवाद चर्किदै गएको हो ।
बौद्धमार्गीहरुले भगवना बुद्धको जन्म नेपालमा भएको र बुद्ध सबैको साझा भएकाले काँक्रेविहार जंगलमा नै मूर्ति राख्नुपर्ने माग गर्दै आइरहेका छन् ।
RSS