गोर्खाल्याण्ड राज्यको माग गर्दै अनिश्चितकालीन बन्द आह्वान

दार्जिलिङ  । भारतको पूर्वोत्तर नेपाली भाषी बाहुल्य क्षेत्र दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाले अलग्गै गोर्खाल्याण्ड राज्यको माग गर्दै आजबाट अनिश्चितकालीन बन्द आह्वान गरेको छ । बन्दका कारण त्यस क्षेत्रमा जनजीवन प्रभावित भएको छ । 
भारतको सत्तारुढ कंग्रेस आई गठबन्धनले आन्ध्र प्रदेशबाट अलग्गै तेलंगना राज्य बनाउने घोषण गरेपछि लामो समयदेखिको गोर्खाल्याण्डको माग थप चर्किएको हो । यसअघि पनि मोर्चाले गोर्खाल्याण्डको माग गर्दै तीन दिने बन्द आह्वान गरेको थियो । 
बन्द आह्वानकर्ता गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ आउने पर्यटक र विभिन्न होस्टलमा बस्दै आएका विद्यार्थीहरुलाई दार्जिलिङ छाड्न आग्रह गरेको छ । तर, मोर्चाले दार्जिलिङका चिया बगानहरुलाई बन्दको प्रभावबाट मुक्त राखेको बीबीसीले जनाएको छ ।
यसैबीच मोर्चाले आफ्नो एक प्रतिनिधिमण्डललाई वार्ताका लागि दिल्ली पठाएको जनाउँदै अब आफूहरु