आजदेखि एसएलसीको पूरक परीक्षा शुरु

दैलेख  । आजदेखि शुरु भएको एसएलसीको पूरक परीक्षाको परीक्षापत्र पुरानै राखिएको भन्दै देलैखको नारायण क्याम्पस केन्द्रमा सेन्टरमा परेका बिद्यार्थीहरु आक्रोसित भएका छन् । 
नियमित अंग्रेजीको परीक्षाको क्रममा केन्द्रले आज २०६८ सालको परीक्षापत्र बांडेको थियो । बिद्यार्थीहरुले परीक्षाको एक घण्टा बिताईसकेपछि जिल्ला शिक्षा कार्यालय दैलेखले परीक्षा बीचमै रोकेपछि बिद्यार्थीहरु आक्रोसित बनेका हुन् ।
 
अहिले दैलेखमा जिल्ला शिक्षा समितिको बैठक बसेर अर्को परीक्षापत्र बाड्ने तयारी भईरहेको छ । उक्त केन्द्रमा सेन्टर परेका बिद्यार्थीहरुलाई भने अहिले परीक्षाकेन्द्रमै राखिएको छ । 
जिल्लामा अन्य केन्द्रमा भने नयां परीक्षा पत्र बांडिएको थियो । दैलेख जिल्लाभर १२ सय ८५ जनाले पूरक परीक्षा दिईरहेका छन् । जसमा तीन वटा परीक्षा केन्द्र रहेको छ । उता, जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद अर्यालले भने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रश्नपत्र पठाउंदा गल्ती गरेको बताएका छन् ।
RSS