दुई वर्षअघि घोषणा गरेको विद्यालय शान्ति क्षेत्र अवधारणालाई कार्यान्वयन गरिने

काठमाडौं । शिक्षामन्त्री माधव पौडेलले सरकारले दुई वर्षअघि घोषणा गरेको विद्यालय शान्ति क्षेत्र अवधारणालाई कार्यान्वयन गर्ने बताएका छन् । 

 

राजधानीमा आयोजित विद्यालय शान्ति क्षेत्र अवधारणा र अवस्था नामक पुस्तकको लोकार्पण गर्दै उनले विद्यालय शान्तिक्षेत्र निर्देशिका कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ भने ।

 

कार्यक्रममा मन्त्री पौडेलले निःशुल्क र अनिवार्य शिक्षासम्बन्धी नीतिलाई आगामी ३ देखि बढीमा ५ वर्षभित्र देशभरि लागू गर्ने बताए ।

 

निःशुल्क र अनिवार्य शिक्षा नीतिको कार्यान्वयन पहिलो चरणमा १० वटा जिल्लाहरुमा शुरु गरिने र तीन वर्षभित्र देशभरि नै लागू गरिने बताए । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले शिक्षण संस्थामा राजनीतिक संगठनहरु बनाउने कार्य रोक्नैपर्नेमा जोड दिए ।

 

RSS