काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु सहित ७ जनालाई पक्राउ गरेको छ।
अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेका अनुसार पक्राउ पर्नेमा सह निर्देशक हरिशबहादुर पाल, सहायक प्रबन्धक मदनराज चापगाईं, इन्जिनियर प्रज्वल पाण्डे, भण्डार प्रमुख भरत रुपाखेती र अन्य २ चिनियाँ नागरिक छन्।
चीनको हुबइ सनलाइट कम्पनीबाट ट्रान्सफरमर खरिद गर्दा भ्रस्टाचार भएको भन्दै अख्तियारले कारवाही गरेको हो।
RSS