मुलुकमा विस्तारै चुनावी सरगर्मी बढ्दै छ । मन्त्रिपरिषदका अध्यक्षसँग छलफलका निम्ति पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुलाई गृहमन्त्री माधव घिमिरेले सुरक्षा चुनौतीको सामना गर्ने सरकारी योजनाबारे प्रारम्भिक जानकारी गराएका छन्।
केही दिन भित्रै चुनाव केन्द्रित सुरक्षा योजनाबारे सरकारले निर्वाचन आयोगसँग विस्तृत छलफल गर्ने सरकारी तयारी रहेको छ।
नेकपा माओवादीले चुनाव विथोल्ने दस्ताहरु निर्माण गर्ने कार्यक्रम सहित बहिष्कार आन्दोलन घोषणा गरेपछि मङसिर ४ गतेका निम्ति तोकिएको चुनावमा सुरक्षा चुनौतीबारे विभिन्न आशंका प्रकट हुन थालेका छन्।
आइतबारको छलफलमा गृहमन्त्री माधव घिमिरेले चुनावि वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको भन्दै चुनावी सुरक्षा योजनालाई छिट्टै अन्तिम रुप दिन लागिएको बताएका थिए।
छलफलमा सरकारी पक्षको भनाई उदृत गर्दै निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने,