बल्कोटमा दिउसै गोठमा बाघको आक्रमण/बल्कोटका किसानहरु चिन्तित

– पार्वता श्रेष्ठ
 
बल्कोट, साजबोट – अर्घाखाँचीको पुर्वी गावीस बल्कोटमा बाघ लागेर समस्या भएको छ । जङगल बस्ने जनावर घर गोठ धाउन लागे पछि समस्या भएको हो । जङगल मासीदै जाने र हाल बर्षा यामको समयमा बाघ गाउघर पस्न लागे पछि बल्कोट ३ साजबोटका कृषक चिन्तित छन ।   
 
लामो समय सम्म मिहिनेत गरेर दुई चार सय आम्दानी हुने आशा गरी बाख्रा पालेका किसानले एक्कासि गोठमै आएर बाघले बाख्रा खान थालेपछि किसान चिन्तित बनेका हुन । बाख्रा मात्र होइन गोठमा दाम्लाले बाधेर पालेका , तथा छाडा जनावर माथि आक्रमण गर्न लागे पछि स्थानिय चिन्तामा परेका हुन । अहिले सम्म बल्कोट ३ साजबोटका आधा दर्जन कृषकका गोठमा रहेका बाख्रा , भैंसीका पाडा पाडी , गाई वस्तु माथि  बाघले आक्रमण गरेको छ । 
 
अर्घाखाँची बल्कोटमा हिजोआज बाघको बिगबिगी बढेकोले कसरी बाख्रा जोगाउने भन्ने चिन्ता किसानलाई छ । बाघले हप्तामा ५-६ वटा बाख्रा खाएको त्यहाँका किसान बताउछन् । 
पाठा पाठी खसी बोका र ब्याउने बाख्रा समेत खाएको स्थानिय बताउछन । मैले हेरेको हेरै मेरै अगाडिबाट घरमै आई पाठो नै बाघले लगिदियो बल्कोट ३ साजवोटकी कृषक सीता पाण्डेले भनिन ।
 
यस्तै अर्को कृषक टोपादेवी श्रेष्ठले पनि आफ्नै अगाडिबाट आफुले स्याहार सगं पालेको ब्याउने बाख्रो नै खाइदिएको बताइन । 
 
यसरी दिनडाहाडैमा आएर गोठबाटै बाख्रा खान थाले पछि दिनरात बाख्रा खोर भित्रै राख्न परेको श्रेष्ठको भनाइ छ । 
बाख्रा र गाई भैसीलाई कसरी जोगाउने भन्ने चिन्ता एकातिर किसानलाई छ भन्ने अर्को तिर आफ्ना साना बालबच्चालाई समेत कसरी जोगाउने हो भन्ने चिन्ता परेको बताउछन । हिजोआज एक्लै घाँस दाउरा गर्न पनि खरबारी जङ्गल तिर जान डरलागेको स्थानिय कृषक मीना सापकोटाले बताइन । 
प्राय अहिले घर वरपरका बारीमा मकै ठुला भएका र बर्षा याममा घर वरपर जङगल बढ्ने भएकोले पनि बाघको समस्या आएको बुझिन्छ । साजबोटमा हरेक बर्ष बाघको समस्या भए पनि यस् को रोकथामका लागि स्थानिय प्रशाशन तथा अन्य कतै बाट पहल नभएको स्थानियको आरोप छ ।  
 
 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु