वासिङटन । उत्तर अफ्रिका र मध्यपूर्वका देशहरुमा रहेका १९ वटा अमेरिकी दूतावास र कूटनीतिक नियोगहरु आउँदो शनिवारसम्म बन्द गर्ने निर्णय अमेरिकाले गरेको छ । आतंकवादी आक्रमणको त्रास बढेपछि हिजो विभिन्न २१ मुलुकमा रहेका अमेरिकी दूतावास र महावाणिज्य नियोग बन्द गरिएको थियो ।
बन्द गरिएका अमेरिकी नियोगमा मध्यपूर्व, उत्तर अफ्रिका र एशियाका मुश्लिम बाहुल्य मुलुकका छन् । आतंकवादी सञ्जाल अल कायदाले आक्रमणको धम्की दिएपछि कूटनीतिक नियोगहरु बन्द गर्नुपरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले गत शुक्रवार भ्रमण सतर्कता सन्देश जारी गर्दै अगष्ट महिनाभर हरेक आतइबार अमेरिकी कूटनीतिक नियोगहरु बन्द गरिने जनाएको थियो ।
अमेरिकाले अल कायदाले मध्यपूर्व र उत्तर अफ्रिकी मुलुकहरुमा आक्रमणको क्षमता राख्ने समेत जनाएको छ । यसै हप्ताको अन्त्यमा समाप्त हुने मुश्लिम समुदायको रमादान ब्रतको अवसरमा आक्रमण हुनसक्ने आशंका अमेरिकाी अधिकारीहरुको छ । बेलायतलगायत थुप्रै युरोपेली मुलुकहरुले यमनस्थित आफ्ना दूतावासहरु अस्थायी रुपमा बन्द गरेका छन् ।
Agencies