सिन्धुलीमा मन्दिर दर्शन गर्न जाने क्रममा नदीले बगाएर पाँच जनाको मृत्यु, दुई जना बेपत्ता

सिन्धुली  । सिन्धुलीमा कमला नदीले बगाएर पाँच जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा सर्लाही बलवा सुक्नाकी रामपरी देवी रामको मात्र सनाखत भएको छ । हत्पतेको गागन नजिकैबाट नदी पार गर्दा बगेका तीर्थयात्रीको शव करिब सय मीटर तल फेला परेको हो । 
जरायो टारस्थित मधुगंगा महादेवको मन्दिर दर्शन गर्न जाने क्रममा उनीहरुलाई नदीले बगाएको प्रहरीले जनाएको छ । उनीहरु सर्लाही र सीमापारी भारत सुरण्ड निवासी रहेको जनाइएको छ । नदी पार गर्ने क्रममा बग्दै गरेका अरु १३ जनाको भने स्थानीयबासीले सकुशल उद्धार गरेका छन् । 
अहिले नदी वारपार गर्न प्रहरीले रोक लगाएको छ । बेपत्ता भएकाको खोजी गर्न प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । नदी तर्ने क्रममा अचानक बाढी आउँदा उनीहरुलाई बगाएको बताइएको छ ।
RSS