– विनोद गैरे
नरपानी, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा पश्चिमाञ्चल उपाध्यक्ष तथा जिल्ला इन्चार्ज शेर बहादुर वि.सी. र नेपाल मजदुर संघका केन्द्रिय कोषध्यक्ष गोविन्द वि.सीका पुज्यनिय पिता अर्घाखाँची जिल्ला नरपानी गा.वि.स. वार्ड नं. ४ निबासी तेज बहादुर भट्टराईको आज बिहान ९३ वर्षको उमेरमा असामायिक निधन भएको छ ।
उहाँको निधन पश्चात राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज हडाहा खोलामा अन्तिम दाहासंस्कार तथा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ । मृतक तेज बहादुर भट्टराईका जेष्ठ सुपुत्र शेर बहादुर विसीले उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आफुहरुले कुना काज क्रिया नगर्ने बताउनु भएको छ । बाचुन्जेल सम्म राम्रो संग खान पिन तथा अन्य आवश्यता परिपुर्ति गरिदिए काज क्रिया भन्दै कुना बस्नु नपर्ने उहाको तर्क थियो । आफुहरुले बुवालाई वाचुन्जेल राम्रो हेरचाहा र उहाँका ईच्छा आकाँक्षा पुरा गरेकोले क्रिया गर्नु नपर्ने भन्दै देखावटी रुपमा काज क्रिया गरेर मात्र मृतकका सपना पुरा नहुने वताउनु भएको छ । उहाँले अगाडी थप्नु भयो काज क्रिया गर्ने खर्च अनाथ वालवालीका तथा समाज सेवामा खर्चेमा मात्र सार्थक हुनेछ । आफुहरुले पनि वुवाको नाममा कुनै सामाजिक काम गर्ने प्रतिबद्धता जायर गर्नुभएमो थियो । तर ठोस कार्यक्रमको भने उहाँले किटान गर्नु भएन ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाली काग्रेसका भेष बहादुर केसी,ने.क.पा एमालेका राम बहादु चौहान , एकिकृत ने.क.पा.माओवादीका गोविन्द के.सी.ले सिङ्गो अर्घाखाँची जिल्लाले एक कर्मठ र इमान्दार समाजसेवी व्यत्तित्व गुमाएको भन्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिबारजन प्रति हार्दिक समबेदना व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिब पशुपति ढकालले मृतकलाई पार्टीको भण्डा ओडाएर सम्मान गरे पश्चात सम्पूर्ण पार्टीका नेता कार्यकर्ता साथै अन्य सुभ चिन्तक हरुले अबिर साथै माल्यमपण गर्नुभएको थियो । माल्यापर्ण पश्चात ने.क.पा मसाल अर्घाखाँचीका प्रबता थम्मन के.सीले अन्तिम दाहासंकार कार्यक्रममा उपस्थित सम्पूर्णलाई पार्टीको तर्फ वाट धन्यवाद दिदै देश अहिले अत्यान्तै सक्रमण कालमा गुर्जिरहेको र जसको निकासको लागी व्यक्तिगत स्वार्थ त्यागेर सबै हातेमालो गर्नु पर्नेमा जोड दिनुभयो । संघिएताले देस टुक्राउन्छ भन्दै नेपाल जस्तो अर्ध उपनिबेस,अविकसित , भैगोलिक बिकटता ,बहु भाषि ,बहु सास्कृति भएको मुलुकमा संघियताको वकालत गर्दै हिड्नु भनेको मुर्खता मात्र होईन देसलाई फिजि, सिक्कीम बनउनु हो । संघियताको विरोधमा सदैब आवाज उठाउदै आउनुभएका क. तेज बहादुर भट्राई जिवनको अन्यसम्म पनि संघिएताले देस टुक्रिन्छ नेपालमा संघियता ठिक छैन भन्नुहुन्थ्यो यसर्थ पनि उहाँको सपना साकार पार्न राष्ट्रिय जनमोर्चा संघियताको विपक्षमा रहिरहने छ यदि कुनै बाहानामा जवरजस्त देशमा संघिएता लाद्न खोजियो भने त्यसको परिणामा नराम्रो हुने भन्दै सम्पूर्ण रानैतिक सक्तिहरुलाई संघियता विरोधी साझा मञ्चमा आउन आग्रह गर्नुभयो ।
कार्यक्रममा राजमो निकट अधिकांस नेता तथा कार्यकर्ता साथै अन्य राजनैतिक पाटीका नेता कार्यकर्ता साथै स्थानिय स्तरवाट ठुलो सहभागिता भएको थियो । कार्यक्रम राजमोका तुल्सि खनालले सञ्चालन गर्नुभएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।