सरकारपक्षीय दल र चुनाव बिथोल्ने धम्की दिइरहेको नेकपा-माओवादी लगायतका ३३ दल भनिएको मोर्चावीच अन्तत: वार्ता

सरकार पक्षीय दलहरुका अनुसार उनीहरुले उच्चस्तरीय राजनीतिक समितिको तर्फबाट असन्तुष्ट नेकपा माओवादीकै माग अनुरुपको निम्तो पठाएपछि वार्ताको अवसर जुट्न लागेको हो।


चुनावमा भाग लिन सकारात्मक देखिएका भनिएको मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी दलसँग पनि मंगलबार नै समितिले वार्ता गर्दैछ।


मसीर ४ का निम्ति तोकिएको चुनावको पक्ष-विपक्षमा उभिएका दुइ पक्षहरु महिनौंको विवादपछि वार्तामा बस्न लागेका हुन्।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संयोजक रहेको समितिले चुनाव वहिस्कार गर्ने निर्णय गरेको बैद्य नेतृत्वको माओवादीसँग वार्तामा बस्नु अघि उसले चुनावमा भाग लिने ठम्याएका उपेन्द्र यादव र अशोक राईले नेतृत्व गरेका दलहरुसँग कुराकानी गर्नेछ।

 

यादव र राई पक्षसँग विगतमा पनि वार्ता भएकाले ठोस प्रगति हुन सक्ने एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए।


उनले भने,