आतंकबादी सन्जाल अलकायदाले अमेरिकी हमलाको योजना बनाइरहेको प्रमाण गुप्तचर बिभागद्धारा सार्वजनिक

अमेरिका  । आतंकबादी सन्जाल अलकायदाले अमेरिकी हमलाको योजना बनाइरहेको प्रमाण अमेरिकी गुप्तचर बिभागले सार्वजनिक गरेको छ । 



अलकायदा प्रमुख अयमान अला जवहिरी र यमनमा रहेका अलकायदाका नेता नासिर अल बुहाएसीबीच अमेरिकी हमलाको योजनाको टेलिफोन कुराकानी अमेरिकी गुप्तचर बिभागले सार्वजनिक गरेको हो । 



हमलाको योजना सन् २००९ को अमेरिकी हमलापछीको दोश्रो भएको पनि बताइएको छ । यी दुईनेताबीच कुन देशमा आक्रमण गर्ने भन्नेबारेमा केही नखुलेको पनि जनाइएको छ । 



अलकायदाको योजनालाई ध्यानमा राखी अमेरिकाले मध्यपूर्वका २० वटा राष्ट्रमा रहेका अमेरिकी दूताबास र बाणिज्य बिभाग बन्द गर्ने निर्णय गरिएको बताइएको छ । 



यता बेलायतले नागरिकहरुलाई यमनको भ्रमण नगर्न आफना नागरिकहरुलाई सचेत तुल्याएको छ ।



Agencies