जनताको प्यारो बन्दै गएको अर्घाखाँची डट्कम्
प्रमुख अन्लाईन सम्पादक तथा अर्घाखाँची डट्कम् परिवारमा न्यानो अभिवादन
बिषय: गाउं बचाउने अभियानमा जागरुक बनाइदिनुहोश
महोदय,
हामी अर्घाखाँची खाँचीकोटका वासिन्दाको यो आवाज लाई लेखिदिनु होला । सानो अक्षरमा होइन ठुलो भोल्टे अक्षरमा । हाम्रो जिल्लालाई क्रमश: गरिखाने होइन बेचीखाने भाडो बनाइदै छ । हुन त यस् डट्कम् ले धेरै पटक हाम्रा आवाज बोलिदिएको छ । अझै पनि बोलोश भन्ने चाहना हो । यस् बारे लेखिदिए , बोलीदिए बिदेशमा रहेका अर्घेली युवा र नेपालका माथिल्लो तहर तप्कामा पर्ने सबैलाई सचेत र अवगत होस् भन्ने लागेकोले यो सम्युत्त पत्र लेख्दै छौ ।
अर्घाखाँचीको खाँचीकोट वाविस वार्ड नम्बर ९ मा रहेको तीनपाने भन्ने पहाड मासीदै छ । यहाँका स्थानिय हामीहरुले अस्वीकार गर्दा पनि यहाँका नेताहरुले जनताको कुरा नसुनी मन मर्जीले सिमेण्ट कारखाना उधोग खोल्न सुरु गरेका छन ।
हामी एउटै वार्डमा पर्ने भैंसीमेला गाउका बासिन्दासग सोधपुछ र केही नबुझी आफ्नो मनमर्जी र स्वार्थका कारण सिमेन्ट उधोग स्थापना गरिदै छ ।
यहाँ सिमेन्ट कारखाना सन्चालनमा आउदा बित्तिकै यहाँ रहेका खाने पानीका मुहान सुक्ने छन । हजारौ पशुपक्षीको बास भुटिने छ । साथै वायु प्रदुशणले त्यहाले त्यहाको उत्पादकिय शत्तीमा र्हास ल्याउछ ।
यस्तो भए जिल्लाका अन्य गाउको स्थिती के होला ? यस् बारे समयमै सबैले सोचिदिए आभारी हुने थियौ ।
सम्युत्त पत्र
अर्घाखाँची खाँचीकोट ९ तीनपाने
स्थानियहरु
पत्र प्रेषक
बिष्णु बहादुर थापा
(अर्घाखाँची डट्कम् लाई प्राप्त पत्र प्रमुख अन्लाईन सम्पादक उमाकान्त पाण्डे गाउंले द्वारा प्रकाशित गरिएको हो , यसमा अर्घाखाँची डट्कमको कुनै एकल हस्तक्षेप हुने छैन । सामुहिक बिषय बस्तु उपर खुल्ला बहसको रुपमा लिनुभए सार्थक रहने छ ।) धन्यवाद – अर्घाखाँची डट्कम्
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।