मूख्यसचिव लीलामणि पौडेलद्धारा एक जना उपसचिवलाई सार्वजनिक स्थलमै आफ्नो आचरण सुधार्न सुझाव

काठमाडौं । मूख्यसचिव लीलामणि पौडेलले एक जना उपसचिवलाई सार्वजनिक स्थलमै आफ्नो आचरण सुधार्न सुझाव दिएका छन् ।

 

कार्यालय समयमा शिक्षामन्त्री माधव पौडेलबाट पुस्तक विमोचन गराउन लागेका उपसचिव ईश्वरीप्रसाद पोखरेललाई मूख्यसचिवले आचरणमा सुधार गर्न सुझाव दिएका हुन् ।

शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा कार्यरत उपसचिव पोखरेलले शिक्षा दर्शन, नेपालको शैक्षिक क्षेत्रको विसंगति र समाजिक रुपान्तरण सम्वन्धी ५ वटा पुस्तक लेखेका र ती पुस्तक विमोचनका लागि कार्यक्रम आयोजना गरिएको थियो ।


मूख्यसचिव पौडेलले पुस्तक लेखेर सिद्धान्त र आर्दशका कुरा मात्रै गरेर हुँदैन भन्दै व्यवहारमा समेत सुधार गर्न सुझाव दिएका हुन् । उनले शिक्षा मन्त्रालयले नै वर्ग खडा गरिरहेको टिप्पणी समेत गरे ।

 

RSS