बाबु रोका मगर “अपरिचित”
असुरकोट-९,जोगिटारी,अर्घाखाँची
यो देश तेरो…….
यो देश मेरो………
यो झन्डा तेरो………
यो झन्डा मेरो…………
हामीहरु सबै मानिस हौ एक
धर्म र जात ले बनायो अनेक
म उसको परिवारको एउटा हिस्सा
ऊ मेरो परिवारको एउटै हिस्सा
पुरानो कथा र ईतिहास मा बसेर
आजको वर्तमान बिग्रियो
आफ्नो वर्चस्व बनाउदा बनाउदै
हाम्रो आफ्नै देश बिग्रियो
कुन शिव,पार्वती को पूजा गर्छौ तिमी ?
कुन अल्लाह को याद गर्छौ तिमी ?
कुन यिशु को प्रथाना गर्छौ तिमी ?
कुन होम मानेपेमेहोम को ध्यान गर्छौ तिमी ?
मलाई त मानिस भित्र नै यि सबै स्पस्ट देखाई रहेको छ |
थाहा छैन ? मानिस बहिर किन भगवान खोजि रहेको छ |