अर्घाखाँचीमा सरकारी निकायबाट हुने अधिकांश काममा ढिलासुस्ती

– अर्जुन भुसाल
बाँगी, अर्घाखाँची । सेवा प्रदायक निकायबाट सेवाग्राहीहरुले छिटोछरितो सेवा पाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले विभिन्न ठाउँमा सेवाग्राहीहरुले सेवा लिदा झन्झट व्यहोर्नु परेको गुनासो गरे । सरकारी निकायबाट हुने अधिकांश काममा ढिलासुस्ती हुने गरेको उनीहरुले दुखेसो पोखे । 
नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र सेसी प्रानको आर्थिक सहयोगमा जिल्लाको बाँगी गाविसमा भएको स्थानिय निकायमा सामाजिक जवाफदेहीता अभिवृद्धि विषयक सार्वजनिक सुनुवाईका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन । वक्ताहरुले गाविसबाट लिने सेवा चुस्तदुरुस्त नभएको भन्दै कर्मचारीहरुबाट पनि असल व्यवहार नपाएको बताए । उनीहरुले गाविसबाट विनियोजित वजेट कहाँ र कसरी खर्च हुन्छ भन्ने विषयमा आफुहरुलाई जनाकारी नभएको बताए । 
बाँगी गाविसकी शान्तिकुमारी महतले लक्षित वर्गको रकम चार राजनीतिक दल मिली अन्यत्रै खर्च गर्ने गरेको बताइन् ।

अन्य समाचारहरु