चुनावका पक्षमा अर्घाखाँचीका चार दल एक मत, वैद्य पक्षको असन्तुष्टि

– अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाका चार राजनीतिक दलहरुले मंसिर चारमै दोस्रो संविधानसभाको निर्वाचन हुनु पर्ने बताएको छन् । उनीहरुले निर्वाचनलाई सम्पन्न गर्न सवै दल एकजुट हुनुपर्ने धरणा राखे । 
रिपोर्टर्स क्लव जिल्ला शाखा अर्घाखाँचीले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले निर्वाचनलाई भयरहित वातवरणमा सम्पन्न गर्नु पर्ने औंल्याए । एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक गोविन्द के.सीले एमाओवादी चुनावको पक्षमा रहेकाले निर्वाचनको तयारीमा जुटेको बताए । उनले पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि अवको निर्वाचन मार्फत संविधान जारी हुने दावी गरे । उनले अवको चुनावमा एमाओवादीले दुई तिहाइ मत ल्याउने ठोकुवा गरे । 
नेपाली कांग्रेसका सभापति कमलप्रसाद भुसालले कांग्रेले भयरहित वातवरणमा चुनाव सम्पन्न गर्न चाहेको बताए । उनले जिल्लाका दुवै क्षेत्रमा कांग्रेसले विजय हासिल गर्ने दावी गरे । नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले एमालेले चुनावलाई केन्द्रित गरेर जिल्लामा एक महिने अभियान सम्पन्न गरिसकेको बताए । पहिलो संविधानसभाबाट संविधान दिन सकिएकाले चुनावी अभियानमा जादाँ जनतामा केहि नैरास्यता देखिए पनि अवको संविधानसभाबाट जसरी भए पनि संविधान जारी गर्नै उनले धारण राखे । उनले पनि एमालले दुइ ओटै क्षेत्रमा विजय हासिल गर्ने दावी गरे । 
नेकपा- माओवादीका केन्द्रिय सदस्य भेषराज भुसालले खिलराज नेतृत्वको सरकारले गराउने निर्वाचनमा माओवादी कुनै पनि हातलमा सहभागि नहुने बताए । उनले गोलमेच वा राजनीतिक सम्मेलनबाट संविधानका विवादित विषयका सहमति गरेर मात्र निर्वाचनमा जानुपर्ने तर्क राखे । उनले यथास्थितिमा निर्वाचन भए देशमा ठुलै द्वन्द्व सिर्जना हुने सक्ने बताए ।  राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सीले ठुला दलको सिण्डिकेटले देशमा राजनीतिक अस्थिता रहिरहेको बताए । उनले राष्ट्रिय जनमोर्चाले खिलराज रेग्मी नेतृत्वको गैरदलिय सरकारको विरोध गरेपनि चुनावमा भने भाग लिने बताए । उनले अरु सवै दलले जीत दावी गरे पनि आफुले भने नगर्ने बताए । उनले अन्य दलसँग तालमेल गरेर पनि चुनावमा जान सकिने बताए ।  
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले निर्वाचनले जनताका हक अधिकारलाई प्रत्याभुत गर्ने हुदाँ निर्वाचनलाई स्वच्छ तरिकाले सम्पन्न पार्न सवै लाग्नु पर्ने धारण राखे । उनले जनताले आफ्नो मत हाल्ने अधिकारबाट बन्चित हुन नहुने बताए । निर्वाचनलाई भयरहित वनाउन स्थानिय प्रशासनले शान्ति सुरक्षा मजवुत पार्ने प्रतिवद्धता समेत जायर गरे । स्थानिय शान्ति समितिका सचिवालय सदस्य विष्णु मुस्कानले नेकपा- माओवादी लगायतका अन्य असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याउन नसके चुनाव हुन नसक्ने बताए । उनले निर्वाचन गर्नेनै हो भने माओवादी लगायतका दलहरुलाई पनि सहमतिमा ल्याउनु पर्ने बताए । प्रहरी नायव उपरिक्षक हिरावहादुर पाण्डेले निर्वाचनलाई शान्तिपूर्ण बनाउन राज्यले दिएका निर्देशनलाई पालन गर्दै निर्वाचनमा सुरक्षा दिने बताए । उनले कानूनी दायरामा रहेर शान्ति सुरक्षा प्रदान गर्न प्रहरी तयार रहेको बताए । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु