अमेरिकाले यमनमा रहेका आफना कर्मचारीहरुलाई यमन छोड्न अपील

यमन । आतंकबदी सन्जाल अलकायदाले आक्रमण गर्ने सक्ने आशंकाका कारण अमेरिकाले यमनमा रहेका आफना कर्मचारीहरुलाई यमन छोड्न अपील गरेको छ । अमेरिकी बिदेश मन्त्रालयद्धारा जारी बिज्ञप्ती अनुसार यमन लगाएत अन्य मध्यपूर्व राष्ट्रहरुमा हुन सक्ने हमलालाई ध्यानमा राखी आफना कर्मचारीहरुलाई यमन छोड्न अपील गरेको हो । 
आक्रमणकै आशंकामा अमेरिकाले मध्यपूर्वका २० देशहरुमा रहेको आफनो दूताबास आइतबारका दिनका लागि बन्द गर्न निदेर्शन जारी गरीसकेको छ । यता यमनको राजधानी सनास्थित अमेरिकी दूताबासमा सुरक्षाब्यबस्था कडा तुल्याएको छ । 
अलकायदा प्रमुख र यमनमा रहेका अलकायदाका नेताबीच अमेरिकी आक्रमणको योजनाको पर्दाफास भएपछी अमेरिकाले यो कदम चालेको हो ।
Agencies