मधेशवादी नेताहरुद्धारा यथास्थितमा मंसिर चार गते संविधानसभा चुनाव हुन नसक्ने दाबी

काठमाडौं । मधेशवादी दलका नेताहरुले प्रमुख दलका नेताहरुको गैरजिम्मेवार कार्यशैलीका कारण मुलुक गम्भीर संकटमा फसेको भन्दै यथास्थितमा मंसिर चार गते संविधानसभा चुनाव हुन नसक्ने वताएका छन् । 
आज राजधानीमा भएको एक कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादलले चार राजनीतिक दलले चुनाव गर्ने भन्दै जनतामा भ्रम छरिरहेको दाबी गरे ।
 
यथास्थितमा मंसिर चारमा चुनाव गर्छौ भन्नु जनतालाई मूर्ख बनाउने कुरा मात्र हुने यादवको भनाई थियो । सोही कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले आफूहरुले उठाएको १३ बुँदेमाग सम्बोधन नहुञ्जेल मुलुकमा संविधानसभाको चुनाव हुनै नसक्ने बताए ।
 
त्यस्तै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेशमा देखिएको नागरिकतासम्बन्धी समस्या समाधान नहुञ्जेल चुनाव हुनै नसक्ने जिकिर गरे ।
 
ठूला दलहरुले मधेशवादी दलका एजेण्डा सम्बोधन गर्न नसके चुनाव नहुने उनको भनाई थियो ।
RSS