अर्घाखाँचीमा चुनावको लागि दलहरुको तयारी सगै शान्ति सुरक्षाको तयारी तीव्र

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । चुनावको लागि दलहरुको तयारी तिव्र रहेको छ । वैंद्य पक्षीय माओवादीले बहिष्कारको कार्यक्रम अघि सारेको छ ।



मंसिर ४ को चुनावको लागि तयारी तीव्र पारिएको जिल्ला स्थित दलका नेताले रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा दावी गरेका छन । गाउँमा घरदैलो अभियान लिएर हिडिरहेका र चुनावको बारेमा, विकास निर्माण र एमाओवादीलाई किन भोट दिने लगायतका विषयमा जनतासँग छलफल, अन्तरक्रिया गरिरहेका छौ । आन्तरिक सर्बेक्षण वस्तीपिच्छे गएर गरेका छौ । देशको निकासको लागि चुनाव विकल्प छैन । गाउँमा जनता चुनाव हुनुपर्छ भन्दै उत्साहित भएको उनले दावी गरे ।  निर्वाचन क्षेत्र नं. १ मा केन्द्रिय सदस्यद्धय राजकुमार शर्मा र २ मा प्रल्लाद सुवेदीको नेतृत्वमा घरदैलो अभियान चलेको छ, उनले भने, भदौ २ गते पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गर्दैछौ, एमाओवादीमा जनलहर बढदो छ चुनाव चित्छौ ढुक्क भए हुन्छ ।



काग्रेस सभापति कमल प्रसाद भुसालले क्षेत्रीय गोष्ठी, सभा, प्रशिक्षण, अन्तरक्रिया गरेको बताए । आन्तरिक सबै तयारी पुरा भएको छ, उनले भने, केन्द्रिय समितिको के निर्देशन आउन्छ त्यसै अनुसार गरौला भनि पर्खेर बसेका छौ, काग्रेसको जनधार मजबुद भएकाले कम्युष्टिहरुको तालमेल नभएर बहुमतले दुवै क्षेत्र जित्छौ । कार्यकर्ता परिचालन गर्नेमा आन्तरिक तयारी भैरहेको उनले बताए । चुनावी अभियानमा एमाओवादी र काग्रेस भन्दा एमाले तीव्र रुपमा लागेको छ । एक महिने पार्टी परिचालन अभियान, गाउँ कमिटी गठन, वडा भेला प्रशिक्षण सबै सम्पन्न भयो, अध्यक्ष चेतनारायण आचार्यले भने, जिल्लामा १० टिम बनाएर टोलैपिच्छे चुनावको तयारीका लागि आन्तरिक तयारी भैसकेको त्यसको पार्टीको विभिन्न २ सय संगठन गठन गरी लागेका छौं । गाउँमा जनता उत्साहित छन तर चुनाव निष्पक्ष र भयरहित हुन्छकी हुदैन भन्नेमा आशंका छ । २०६४ को चुनावको अघिल्लो दिन आफनो उम्मेदवारी फिर्ता लिएका आचार्यले मंसिर ४ को चुनावमा आफुले उम्मेदवारी नदिने र अरुलाई लडाउने बताए । उनले भोट हाल्ने वातावरण भए दुवै क्षेत्र जित्ने दावी गरे । राष्टिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले चुनाव नभए लोकतन्त्रवादीको हार हुने भएकाले चुनावको भन्दा अरु विकल्प सोच्न पनि नसकिने दावी गरे । स्थानीय शान्ति समितिका सचिवालय सदस्य विष्णु मुस्कानले वैद्य पक्षीय माओवादी सहित अरु दललाई पनि चुनावमा सहभागी गराउनुपर्नेमा जोड दिए । नेकपा-माओवादीका केन्द्रिय सदस्य भेषराज भुसालले चुनाव हुदैन भएपनि संविधान बन्दैन बनेपनि अर्को  दिन च्यादिन सक्ने बताए । भारतीय दलाललाई दुई तिहाई जिताउन चुनाव आवश्यक छैन, उनले भने, हामी पनि गाउँ हिडेका छौ, बहिष्कारको कार्यक्रम लिएर तर जनतामा उत्साहि छैन, जिल्लाको ३५ गाविसमा बहिष्कार अभियान लिएर हिडेको सबै गाविसमा पुग्छौं ।



शान्ति सुरक्षाको तयारी तीव्र



मंसिर ४ गते हुने चुनावका लागि शान्ति सुरक्षाको स्थिति मजबुत रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए । चुनावलाई निष्पक्ष, भयरहित र शानितपुर्ण बनाउन, सुरक्षा निकाय तयार छ, उनले भने, आन्तरिक तयारी भैरहेको छ यसको लागि सबै दलहरुसँग बसेर थप तयारी र योजना अघि साछौं । 



जिल्लाका सबै निर्वाचन केन्द्रमा सुरक्षा दिन प्रहरी पनि सक्षम रहेको छ । प्रहरी नायव उपरीक्षण हिराबहादुर पाण्डेले चुनावमा जनताले ढुक्क पुर्वक मत खसाल्ने वातावरण तयार पार्न कुनै कसर वाकी नराखिने दावी गरे । 



चुनाव गराउन जिल्लामा ८५ मतदान केन्द्र र २ सय ११ उपकेन्द्रमा तोकिएको छ । निर्वाचन कार्यालयले पनि सबै तयारी पुरा भएको जनाएको छ ।  कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षता र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 

 

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु