नैरोबी । अफ्रिकीमुलुक केन्याको राजधानी नैरोबीको मूख्य जोमो केन्यात्ता अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी भएको छ ।
विमानस्थलको मूख्य भवनमै भएको आगलागीका कारण विमानस्थल बन्द गरिएको छ भने यात्रुहरुलाई बाहिर निकालिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अवतरणका लागि आएका विमानहरुलाई अन्यत्र मोडिएको अधिकारीहरुले जनाएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।
आगो नियन्त्रणमा आएपनि समयमै आगलानी नियन्त्रण गर्न नसेको भन्दै प्रशासनको आलोचना भएको छ । ट्राफिक जामका कारणमा पनि आपतलकालीन सेवाका गाडीहरुलाई समयमै घटनास्थल पु-याउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।
जोमा केन्यात्ता विमानस्थल पूर्वी अफ्रिकाकै लागि महत्वपूर्ण मानिन्छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
Agencies