जनस्वास्थ्यमा पर्न सक्ने असरको चिन्ताका माझ बर्ड फ्लू कुखुराको ओसारपसारमा लगाएको प्रतिवन्ध खुल्ला

चरामा लाग्ने रुघा जस्तो एक प्रकारको रोग बर्ड फ्लूको संक्रमण निमिट्यान्न नहुदै सरकारले केहि दिनअघि कुखुराको ओसारपसारमा लगाएको प्रतिवन्ध एक साताको लागि खुल्ला गरिदिएको छ।


काठमाण्डू उपत्यकाका कैयौ कुखुरा फार्महरुमा बुधबारसम्म बर्ड फ्लूको संक्रमण भेटिएका विवरणहरु बाहिर आएका थिए।
पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डक्टर नारायण घिमिरेका अनुसार कुखुरा व्यवसायी र सरकारी अधिकारीहरुबीचको छलफलपछि प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरिएको हो।