– पार्वता श्रेष्ठ
सन्धिखर्कमा, अर्घाखाँची । सामूदायिक वन उपभोक्ता महाँसंघ अर्घाखाँचीको आयोजनामा एक दिने वन क्षेत्रको रणनिती परामर्श गोष्ठि आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
गोष्ठिमा सामूदायिक वन उपभोक्ता समूहहरुमा आईपरेका अपठ्यारा चुनौती समस्या र समाधानको पक्षमा के कस्ता कुरालाई उठाउने वा संवोधन गर्ने र सामूदायिक वनले ल्याएको राम्रो र नराम्रो पक्षको विषयमा छलफल भएको थियो ।
सो कार्यक्रमको सहजिकरण सामूदायिक वन उपभोक्ता महाँसंघका केन्द्रिय महासचिव गणेश कार्की, केन्द्रिय सचिवालय सदस्य ठाकुर भण्डारी,सामूदायिक वन उपभोक्ता महाँसंघका कार्यक्रम संयोजक सुवास देवकोटा लगायतले गर्नु भएको थियो ।
सामूदायिक वन उपभोक्ता महाँसंघका अध्यक्ष माधव श्रेष्ठको अध्यक्षता,महासचिव कमला भुसालको संचालन र सचिव मधु श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय न्यायिक सदस्य इस्वरा पा्ख्रेल जिल्लाका वन उपभोक्ता महाँसंघका पदाधिकारीहरु, केही सामूदायिक वन समूहका पदाधिकारीहरु र पत्रकारको समेत उपस्थित रहेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।