मदन ठाकुर
रौतहट – रौतहटको भलुहीया गाविसमा १२ वर्षीया एक बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। राती घरमै सुतिरहेको समय बालिकालाई छिमेकका दुई युवकले अपहरण गर्दै घरदेखि करिव ३ सय मिटर टाढा रहेको चौरमा लगेर बलात्कार गरेका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए।
बलात्कार गर्ने क्रममा ती दुई युवकले बालिकालाई कुटपिट गर्दै चिथोरेपछि उनको शरीरभरी घाउ नै घाउ छ। बिहान करिब पाँच बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बालिकालाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गौरमा भर्ना गरेको छ।
प्रहरी उपरिक्षक परियारले आरोपितमध्ये २५ वर्षीय बच्चा महतोलाई पक्राउ गरिएको बताए। अर्का आरोपित रामबाबु तिवारी भने फरार छन्।