भक्तपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमाले चुनाव बिथोल्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
दाहालले कांग्रेस र एमालेका नेताहरु चुनाव बिथोल्ने र पछि सार्ने खेलमा लागेको भन्दै जनसुकै हालतमा पनि मंसिर ४ मै संविधानसभा चुनाव हुने दावी गरे ।
भक्तपुरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै दाहालले चुनाव वहिस्कारको घोषणा गरेकाहरुलाई पनि सहमतिमा ल्याएर चुनाव गराउने प्रयास भईरहेको बताए ।
RSS