संविधानसभाको चुनाव कुनै पनि वहानामा नरोकिने मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको भनाई

काठमाडौं  । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अव कुनै पनि वहानामा मंसीर चार गतेका लागि तय भएको संविधानसभाको चुनाव नरोकिने बताएका छन् । आज राजधानीमा सामुदायिक रेडियो प्रसारक संघको पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले मंसीर चारमा हुने चुनावका लागि सकारात्मक वातावरण बनाइदिन संचारकर्मीलाई आग्रह पनि गरे ।

सोही कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सरकारको एकमात्र लक्ष्य मंसीर चारमा चुनाव गर्नु भएको भन्दै अन्य कुराको अपेक्षा नराख्न आग्रह गरे । कार्यक्रममा अन्य वक्ताहरुले सरकारले एकलौटी रुपमा सञ्चार नीति तर्जुमा गरिरहेको भन्ने टिप्पणी गरेपछि मन्त्री पौडेलले सरोकारवालासँगको छलफलपछि मात्र सञ्चार सम्बन्धी नीति नियमलाई अन्तिम रुप दिइने बताए ।

टेलिभिजन व्रोडकाष्टर्स नेपालका अध्यक्ष आरके मानन्धरले सञ्चार माध्यमलाई भेदभावको दृष्टिकोणले नहेर्न आग्रह गर्दै भाषणमा सञ्चार माध्यमलाई चौथो अंगका रुपमा हेरिए पनि व्यवहारमा त्यसो नभएको गुनासो गरे । उनले लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरणलाई प्रभावकारी बनाउन पनि सरकारलाई आग्रह गरे ।

 पत्रकार महांघका अध्यक्ष शिव गाउँलेले जनता समक्ष सूचनाको प्रवाह गर्न सञ्चार माध्यमले पु