किमडाँडा गाविसको वडा नं. ९ लमलमे खुल्ला दिसामुक्त घोषणा

किमडाँडा, अर्घाखाँची । किमडाँडा गाविसको वाड नं. ९ लाई यही श्रावण २६ गते जीवनज्योति प्रावि लमलमेको प्रांगणमा आयोजित एक भव्य समारोहका विच खुल्ला दिसामुक्त वार्डको रुपमा घोषणा गरिएको छ ।
 


 


वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक शिव बहादुर शाहिको अध्यक्षता र गाउँ स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाविस सचिव तारा प्रसाद पोख्रेलको प्रमुख अतिथ्यता  सञ्चालित घोषणा सभामा एनेकपा माओवादीका गाउँ कमिटि अध्यक्ष हरि प्रसाद भुसाल, नेपाली काङ्ग्रेसका सभापति हुम प्रसाद बन्जाडे, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष इश्वरि प्रसाद भुसाल, राजमोका लोकनाथ भुसाल, नेकपा माओवादीका पशुपति मरासिनी, यु एन हेबिट्याटका जिल्ला संयोजक विष्णु दवाडी, समाजसेवि नारायण प्रसाद अर्याल,  एल एस डि सि का सुरज शारु, इकाड्स प्रागका प्रतिनिधि मोहनचन्द्र पौडेल लगायतका अतिथिहरुले मन्तब्य दिनु भएको थियो ।
 


 


५१ घरधुरी  र एक विद्यालय रहेको यस वडा  गा वि स कै पहिलो खुल्ला दिसामुक्त वडा बन्न सफल भएकोमा प्रमुख अतिथि एवं गा वि स सचिव तारा प्रसाद पोखरेलबाट रु ५० हजार नगद सभाध्यक्षलाई हस्तान्तरण गर्नु भएको थियो र अन्य वडालाई जति सक्दो छिटो घोषणा गर्नका लागि राजनीतिक दलहरुले नेतृत्वदायी भूमिका खेल्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा सबै वक्ताहरुले वडाबासीलाई बधाई ज्ञापन गर्दै पूर्ण सरसफाइका गतिबिधिहरु सञ्चालन गर्नु पर्ने र उपलब्धीको दिगोपना दिनु पर्ने बिचार राख्नु भएको थियो । करिब २५० जनाको सहभागिता रहेको उक्त सभामा उदघोषक एवं समितिका सचिव धर्मराज पौडेलले सरसफाइ प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने मन्तब्यको बिचबिचमा सरसफाइ सम्बन्धी गीत नाँच प्रस्तुत गरिएको थियो ।
 


 


अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र वनाउने लक्ष्यलाइ सफल पार्न लुम्बिनी सामाजिक विकास केन्द्र, नेष्ट-सिसेक, इकार्डस -प्राग संस्थाहरुले सहजिकरण गर्दै आएका छन् । ८३८ घरसंख्या रहेको किमडाँडामा ४११ घरले मात्र सुधारिएको चर्पी प्रयोग गर्दै आएका छन् । साउन ११ गते सञ्चालित पूर्ण सरसफाइ सम्बन्धी अभिमुखिकरण पछि अन्य वडाहरुमा समेत वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । गाविसलाई जति सक्दो छिटो खुल्ला दिसामुक्त स्थापित गर्ने र आगामी बैठकले लक्ष्य तोक्ने जानकारी गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष पोखरेलले गराउनु भएको छ । स्मरण रहोस् किमडाँडा गा वि स घरभित्रको धुँवारहित गा वि स को रुपमा घोषणा भैसकेको छ ।
 
Premnarayan Acharya in Arghakhanchi contributed to this report.
 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु