भक्तपुरलाई बर्डफ्लू संकटग्रस्त जिल्ला घोषणा गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नहुने

भक्तपुर । भक्तपुरलाई बर्डफ्लू संकटग्रस्त जिल्ला घोषणा गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । भक्तपुरमा पैmलिएको वर्डफ्लू नियन्त्रणको प्रयास असफल भएपछि हिजो सरकारले जिल्लालाई संकटग्रस्त घोषणा गरी संपूर्ण कुखुरा मार्ने निर्णय गरेको थियो । तर कुखुरा व्यावसायीको दबावका कारण प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षमतामा बसेको वैठकले अभैm तीन दिन नियालेर मात्रै अघि बढ्ने निर्णय गरेको हो । 
कृषि मन्त्रालयका सहसचिव डा. प्रभाकर पाठकको संयोजकत्वमा पशु सेवा विभाग र कुखुरा पालन व्याबसायी महासंघका पदाधिकारीबीच हिजो भएको छलफलमा भक्तपुरलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गर्दै त्यसको कार्यान्वयन गर्ने जिम्मा भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई दिएको थियो । 
तर प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतमा आज बसेको जिल्ला बर्डफ्लू रोग नियन्त्रण प्राबिधिक समितिको बैठकले अभैm तीन दिनसम्म जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय गरेको हो । प्रजिअ दवाडी, पुश सेवा विभागका उपमहानिर्देशक डा रामकृष्ण खतिवडा, क्षेत्रीय निर्देशक डा दामोदर सेढाई र कुखुरा पालन व्याबसायी संघ भक्तपुरका पदाधिकारी सम्मिलित बैठकले भक्तपुरलाई उच्च जोखिममा राखेर तीन दिन नियाल्ने निर्णय गरेको हो । 
यस्तै बैठकले तीन दिन भित्रमा भक्तपुरमा रहेका सबै फार्ममा पशु सेवा कार्यालयको नेतृत्वमा बर्डफलू रेपिड टेष्ट गर्ने निर्णय पनि गरेको छ भने आजैदेखि भक्तपुरका कुखुरा फार्महरुमा प्राबिधिक टोली खटाईएको जनाइएको छ । भक्तपुरका ४२ वटा फार्ममा बर्डफ्लु भेटिएको छ भने एक लाख ८६ हजार ९ सय २६ कुखुरा नष्ट गरिएको छ । 
यस्तै तीन लाख ४२ हजार भन्दा बढी अण्डा र २६ हजार ४८० किलो दाना पनि नष्ट गरिएको छ । यसैबीच, भक्तपुरका कुखुरा व्यवसायीहरुले नष्ट गरिएका कुखुराको क्षतिपूति दिनुपर्ने, कुखुराको बिमा गर्ने व्यवस्था गर्नुपर्ने, व्यावसायीले विभिन्न वित्तीय संस्थाबाट लिएको ऋण र ब्याज मिनाहा गर्नुपर्ने लगायतका माग राखेर जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।
RSS