काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको धावन मार्ग बिग्रिएपछि विमानस्थलबाट जहाजहरु उड्न र अवतरण गर्ने क्रम रोकिएको छ ।
बिमानस्थलको ईन्टरसेक्सन डेल्टा साउथ बिग्रिएपछि अवतरण हुने सवै विमानलाई डाइभर्ट गरी नजिकको बिमानस्थलमा पठाइएको बुझिएको छ ।
अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडानका जहाजहरु त्रिभुवन विमानस्थलमा अवतरण भएका छैनन् । धावन मार्ग मर्मतको काम भईरहे पनि कति समय लाग्ने भन्ने टुंगो छैन । यसअघि पनि पटक पटक धावन मार्ग बिग्रिंदा बिमानस्थलमा समस्या आएको थियो ।
RSS