काठमाडौ – नेकपा-माओवादी नेतृत्वको विपक्षी मोर्चाबाट आइतबार मातृकाप्रसाद यादवको माओवादी अलग भएको छ ।
संयुक्त मोर्चाको अवधारणा र विधिभन्दा बाहिर गई एकलौटी काम गरेको भन्दै यादवले माओवादीसँग सहकार्य नगर्ने बताएका हुन् । ‘अब वैद्यजीसँग हाम्रो पार्टीको सहकार्य हुँदैन ।
३३ दलमा पनि हामी हुँदैनौं,’ आफ्नो दल अलग भएको जानकारी दिन आयोजित कार्यक्रममा उनले भने ।
मोर्चाबाट यसअघि संघीय गणतान्त्रिक मोर्चा आबद्ध आठ दल अलग भइसकेको छ । ३३ दलबाट घटेर मोर्चा २४ दलमा सीमित भएको छ । यादवले २५ बुँदे आदेश, ११ बुँदे सहमति खारेज र पहिचानसहित संघीयताका लागि संघर्षमा जाने बताए ।
RSS