उत्तर युरोपेली मुलुक नर्वेमा भने जनधारणा बुझ्न प्रधानमन्त्री नै ट्याक्सी ड्राइभर बनेका छन् । नर्वेका प्रधानमन्त्री येन्स स्टोल्टनबर्गले जनताको राय बुझ्न भेष बदलेर ट्याक्सी चालक बनेको समाचारले अहिले चर्चा पाएको छ ।
नेपालमा राजनीतिक दलका नेताहरुमा महाराजा बन्ने लालसा बढिरहेको बेला राजधानी ओस्लोको सडकमा स्टोल्टनबर्गले एक दिनभर ट्याक्सी चलाएका थिए । आफू र सरकारप्रति आम जनताको वास्तविक धारणा बुझ्न ट्याक्सी चालक बनेर सडकमा उत्रिएको प्रधानमन्त्री स्टोल्टनबर्गले बताएका थिए ।
ट्याक्सी चढ्नेहरुसँग कुराकानी गरेर उनले सरकारप्रतिको धारणा लिएको बताइएको छ ।
त्यस क्रममा प्रधानमन्त्री स्टोल्टनबर्गलाई चिन्नेहरुलाई मात्र उनले आफ्नो परिचय दिएका थिए । उनले यात्रुहरुसँगको कुराकानी गोप्य रुपमा क्यामरामा कैद समेत गरेको जनाइएको छ ।