दार्जिलिङ र आसपासको क्षेत्रलाई समेटर गोर्खाल्याण्ड प्रान्त गठन गर्नुपर्ने भन्दै चलिरहेको आन्दोलनप्रति त्यहाँका ६ वटा राजनीतिक दलले पनि समर्थन जनाएका छन् ।
अखिल भारत गोर्खा लिग, गोर्खा राज्य राष्ट्रिय कांग्रेस, हिल कांग्रेस र क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी लगायतले अहिले जारी आन्दोलनमा साथ दिने घोषणा गरेका हुन् ।
ती दलहरुको दार्जिलिङमा आज बसेको संयुक्त बैठकले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको बताइएको छ ।
उता, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले पनि गोर्खाल्याण्ड गठनको मागप्रति ऐक्यवद्धता जनाएका छन् ।
AGENCIES