दोलखा – उत्तरी गाउँ बाबरे- ४ मा घर जल्दा दुई बर्षको बालकको डढेर मत्यु भएको छ ।
अगेनाबाट सल्किएको आगोले आइतबार ललित खनालको घर जल्दा उनको छोराको मृत्यु हो । बालकलाई छाडेर परिवारका अन्य सदस्य काम गर्न गएको बेला आगो सल्किएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायग उपरीक्षक सुरेश काफ्लेको भनाई छ ।
आगलागीले पुरै गर नष्ट भएको छ भने ४ वटा बाख्रा मरेका छन् । आगोले २ लाख २५ हजारको क्षति गराएको उनले बताए ।
RSS