काठमाडौं । सरकारसमक्ष नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले १८ बुँदे माग प्रस्तुत गरेको छ ।
मंगलबार भएको पहिलो औपचारिक वार्तामा ३३ दलीय मोर्चाले वर्तमान सरकार गठनका क्रममा भएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज, खिलराज रेग्मी सरकार विघटन गरी दलीय सरकार गठन र चुनावप्रक्रिया स्थगितसहितको माग राखेको हो ।
ललितपुरको एक होटलमा भएको वार्तापछि माओवादी सचिव देव गुरुङले १८ बुँदे माग राखेको जानकारी दिँदै आगामी वार्तामा थप छलफल हुने बताउनु भयो ।
सरकारी वार्ता टोलीका सदस्य एवं सञ्चारमन्त्री माधव पौडेलले वार्ता सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो-