नेपाल सद्‌भावना पार्टीकी अध्यक्ष सरिता गिरी अनिश्चितकालीन अनसनमा


काठमाडौं – नेपाल सद्‌भावना पार्टीकी अध्यक्ष सरिता गिरी अनिश्चितकालीन अनसन बसेकी छन् ।

 

 

 निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन फिर्ता गरी जनसंख्या बृद्धिको आधारमा तराईमा निर्वाचन क्षेत्र थप गर्नुपर्ने लगायतका ३ सूत्रीय माग राख्दै नेपाल सद्भावना पार्टीले अनशन सुरु गरेको छ ।

 

गत आइतबारदेखि राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा सुरु भएको अनशनमा आजदेखि पार्टीकी अध्यक्ष सरिता गिरी पनि सहभागी भएकी हुन् ।

 

संविधानले दिएको अधिकारलाई रक्षा गर्न अनशन सुरु गरेको उनीहरुले बताएका छन् ।

 

सिराहमा पछिल्ला दिनमा सामाजिक सद्भाव खल्बलिने खालका गतिविधि भइरहेको भन्दै सो पार्टीले त्यसतर्फ बेलैमा सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ । सद्‌भावना पार्टीले आइतबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेको थियो ।

 

RSS