अफ्रिकी मुलुक नाईजेरियाको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गर्दा ४४ जना मारिए

काठमाडौं । अफ्रिकी मुलुक नाईजेरियाको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गर्दा ४४ जना मारिएका छन् ।

 नाइजेरियाको उत्तर पूर्वी राज्य बोर्नोको कौनडुगा क्षेत्रमा रहेको मश्जिदमा प्रार्थना गरिरहेका बेला गरिएको आक्रमणमा २० भन्दा बढी घाइते भएका छन् । 
मारिनेमा अधिकांश महिला र बालबालिका छन् । नमाजको समयमा मश्जिदमा हतियारसहित प्रवेश गरेका अज्ञात समूहले प्रार्थना गरिरहेकाहरुमाझ एक्कासी आक्रमण गरेका थिए । आक्रमणको पछाडी नाइजेरियाको आतंकबादी समूह बोकोहरामको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।
Agencies