– गणेश खनाल
नरपानी, अर्घाखॉची। एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य प्रल्लाह बुढाथोकी मसिर ४ गते निर्वाचन हुने बताउनुभएको छ । नरपानी जनसम्बन्ध अभियानको कार्यक्रमलाई सम्बोधन गदै बुढाथोकी निर्वाचननै निकास भएकाले निर्वाचन बाहेक अर्को कुनै विकल्प नभएको बताउनुभयो ।
प्रेम बहादुर सारुको अध्यक्षता, लेखनाथ प्रोखेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्र नम्वर २ की संयोजक हिमकला गैरे, राज्य कमिटी सदस्यहरु प्रकास ज्ञवाली, देव बहादुर भुसाल, जुद्ध बहादुर दर्लार्मी, रामचन्द्र भट्टराई, टिका रेस्मी, वाईसिएल केन्द्रिय सदस्य कृष्णा के.सी, कमला रेस्मी, पवन विसी लगाएतले मन्तव्य राखेका थिए ।
यस्तै क्षेत्र १ अन्तगत धारापानीमा प्रशिक्ष्ँण कार्यक्रम सम्र्पन्न भएको छ । कार्यक्रममा बोल्दै एमाओवादीका केन्द्रिय सदस्य राज कुमार शर्माले आगामी सविधान सभाको निर्वाचनमा आफनो पार्टीले दुई तिहाई बहुमत ल्याउने दावी गर्नुभयो ।
आगामी निर्वाचन मार्फत जनताका अधिकारलाई सुनिश्चत गर्नको लागी पनि एमाओवादीले जित्ने पर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य बत्ताहरुले अर्घाखॉचीमा एमाओवादी प्रति आकर्षण बढ्दो रहेको भन्दै अगामी निर्वाचनमा दुवै क्षेत्रमा विजय हासिल गर्ने बताएका थिए । यसरी मन्तव्य राख्नेहरुमा क्षेत्र नम्वर १ का संयोजक ठाकुर कुमार विक,राज्य कमिटी सदस्य तोज बहादुर रायमाझी, राज्य कमिटी सदस्य छमकुमार खनाल चिनारी, सुवास बजान्डे, मधु क्षेत्री लगाएताका हुनुहन्थ्यो ।
शालिकराम खनालको अध्यक्षता, वालकृष्ण बजान्डेको स्वागत र नन्दलाल प्रोखेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्यहरु कृष्णा सारु, ठाकुर सौराग,विष्णु बजान्डे, गोपाल बजान्डे, कर्ण बहादुर आले, विष्णु भाट लगाएतका हुनुहुन्थ्यो । एमाओवादी अर्घाखॉची १ महिना अभियान अन्तर्गत जिल्लाका ४२ गाविसमा अभियान चलाएको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।