चीनको सिन्चियाङ प्रान्तमा २१ जनाको मृत्यु हुनेगरी भड्किएको हिंसामा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड

बेईजिङ  । चीनको सुदूरपश्चिमी सिन्चियाङ प्रान्तमा २१ जनाको मृत्यु हुनेगरी भड्किएको हिंसामा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

 

 

मृत्युदण्डको सजाय पाएका मध्ये एक जना आतंककारी समूहको सहसंस्थापक रहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

घटनामा दोषी अरु तीन जनालाई जेल सजाय सुनाइएको छ । गत अप्रिल २३ मा केशगार शहरमा भएको घटनामा मारिने मध्ये १५ जना स्थानीय अधिकारी र सुरक्षाकर्मी थिए ।


अधिकारीहरुले घटनामा आतंककारीको हात रहेको दाबी गरेका थिए ।


सिन्चियाङमा हान जाति र अल्पसंख्यक मुश्लिम समुदाय उइगुरबीच लामो समयदेखि हिंसात्मक घटना हुंदै आएको छ ।

 

Agencies