बाढीका कारण घरवारबिहीन हुँदासम्म सरकारले आफ्नो माग सुनुवाई नगरेको भन्दै दार्चुला जिल्ला बन्द

दार्चुला । दार्चुलाका बाढी पीडित संघर्ष समितिले आज दार्चुला जिल्ला बन्द गराएका छन् ।

 

बाढीका कारण घरवारबिहीन हुँदासम्म सरकारले आफ्नो माग सुनुवाई नगरेको भन्दै दबाव स्वरुप जिल्ला बन्द गराइएको बन्दकर्ताको भनाइ छ ।

 

बन्दका कारण सदरमुकाम खलंगा बजार र शैक्षिक संस्था पूर्ण रुपमा ठप्प छन् ।

बाढी पीडित संघर्ष समितिले राजधानीमा पनि दबावमुलक कार्यक्रम गर्दै आएका छन् ।


गत असार ३ गते रातिको बाढीका कारण सदरमुकामका तीन हजारभन्दा बढी व्यक्ति घरवारबिहीन बनेका छन् ।

 

RSS