वरिष्ठ उद्यमी आत्माराम मुरारकाको निधन

वरिष्ठ उद्योगी मुरारकाको निधन
काठमाडौं  । वरिष्ठ उद्योगी आत्माराम मुरारकाको आज निधन भएको छ । 
नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष पशुपति मुरारकाका पिता ७२ वर्षीय आत्मारामलाई फोक्सोमा समस्या देखिएपछि तीन साताअघि काठमाडौस्थित नर्भिक अस्पताल भर्ना गरिएकोमा आज विहान निधन भएको हो । 
वनस्पति घिउ उत्पादक संघका अध्यक्ष मुरारका नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको पूर्व उपाध्यक्ष, सिमेण्ट उत्पादक संघका निवर्तमान अध्यक्ष र एनएमबी बैंकको अध्यक्ष थिए ।
RSS