नेकपा-माओवादीको सन्धिखर्कमा सयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम, सविधान सभाको निर्वाचन विदेशी दलालका निम्ती गराउन लागिएको आरोप

– पशुपती श्रेष्ठ 
सन्धिखर्क, अर्घाखाँची ।  नेकपा-माओवादीका केन्द्रिय सद्स्य भेषराज भुसालले दोस्रो कथित सविधान सभाको निर्वाचन नेपाली जनताका लागि नभई विदेशी दलालका निम्ती गराउन लागिएको बताउनु भएको छ्न। 
नेकपा-माओवादी निकट अखिल नेपाल महिला संघ, नेपाल राष्टिय क्रान्तिकारी मुक्तीमोर्चा, राष्टिय युवा स्वयमसेवक, अखिल नेपाल क्रान्तिकारी किसान महासंघ र मगर राष्टिय मुक्तीमोर्चाको सन्धिखर्कमा भएको सयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा भुषालले यस्तो आरोप लगाउनु भएको हो। 
कार्यक्रममा जिल्ला इन्चार्ज भोला बस्याल,जिल्ला सेक्रेटरी बाबुराम घिमिरे (भुवन)लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो। तेस्तै बैठकले आगामी भदौ २९ गते हुन लागेको जवरा मोर्चाका लागि विभिन्न उपसमिती समेत गठन गरेको छ ।  जस्को आर्थिकमा दुर्गा प्रसाद अधिकारिको सयोजकत्वमा कुष्णाहरी भुसाल, होम बहादुर रायमाझी, पल घर्ती मगर, योगेन्द्र चौहान लगायत १५ सदस्यिय रहेका छन। 
यसै गरी प्रचार प्रसारमा कमला भुषालको सयोजकत्वमा २१ सदस्यिय रहेका छन, तेस्तै व्यबस्थापनमा पिताम्बर पोख्रेलको सयोजकत्वमा ३१ सदस्यिय उपसमिती गठन गरेको छ्|तेस्तै स्यमसेवकमा योगेन्द्र चौहानको सयोजकत्वमा ५१ सदस्यिय रहने गरी उपसमिती गठन गरेको छ। 
भदौ २९ गते हुने जवरा मोर्चा कार्यक्रममा युवानेता तथा सचिव नेत्र विक्रमचन्द,दलित नेता तिलक परियार र महिला नेत्री जयपुरी घर्तीलाई उपस्थिती गराउने निर्णय गरेको प्रचार प्रसार विभागका सद्स्य कृष्णजङ रायमाझिले जानकारी दिनु भएको छ। 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु