भारतको ६७ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका बिभिन्न संघ, संस्था र बिद्यालयलाई बस, एम्बुलेन्स र पुस्तक प्रदान

काठमाडौं । भारतको ६७ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले नेपालका बिभिन्न संघ, संस्था र बिद्यालयलाई बस, एम्बुलेन्स र पुस्तक प्रदान गरेको छ ।

 

दुतावास परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालका बीस जिल्लाका अस्पताल्लाई बीसवटा एम्बुलेन्स र चारवटा शैक्षिक संस्थालाई चारवटा बसको साँचो प्रदान गरे ।

 

भारतीय राजदूत जयन्त प्रसादले नेपाल र भारतका जनताबीच रहेको गहिरो सम्बन्ध अझ समधुर हुदै जाने बिश्वास व्यक्त गरे । नेपालको शान्ति र बिकासमा भारतको सधै सहयोग रहने भन्दै उनले दुइदेशका जनताबीचको आपसी सहयोग जारी रहने बताए ।

 

भारतले सन् १९९४ देखि नेपालका ७० जिल्लामा अवस्थित बिभिन्न संस्थालाई चारसय दुईवटा एम्बुलेन्स, २४ जिल्लाका बिभिन्न शैक्षिक संस्थालाई ७८ वटा बस प्रदान गरीसकेको छ ।

 

RSS