इजिप्ट । इजिप्टमा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थकलाई धर्नास्थलबाट हटाउन सेनाले गरेको कारवाहीमा दुई सय ३५ जना मारिएपछि बिश्वभर यसको आलोचना भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले ईजिप्टको घटनाले आफुलाई स्तब्ध तुल्याएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्न ईजिप्ट सरकारलाई आब्हन गरेका छन ।
यसैगरी अमेरिकी बिदेशमन्त्री जोन केरीले बिज्ञप्ती जारी गर्दै ईजिप्टको यो घटनाले ईजिप्टको राजनीतिनै धरापमा पर्ने खतरा बढेको भन्दै छिटो समाधान निकाल्न सुझाव दिनुभएको छ । यसैगरी टर्कीले पनि घटनालाई नरसंहारको संज्ञा दिंदै अनाहकमा जनता मारेर सेनाले मानवअधिकार उल्लंघन गरेको आरोप लगाएको छ ।
यता इजिप्टका अन्तरिम प्रधानमन्त्री हाजेम बेबलावीले भने सैन्य कार्वाहीको बचाउ गर्दै सुरक्षा ब्यवस्था सुद्धृढ पार्नको लागि प्रदर्शनकारीलाई हटाउने प्रयास मात्रै गरिएको बताउँदै घटनामा मारिएकाहरुप्रति आफनो समबेदना प्रकट गरेका छन् । इजिप्टमा अपदस्थ राष्ट्रपति मोहमद मुर्सीको समर्थकले राजधानी कायरोमा गरेको प्रदर्शनका क्रममा सेनाले गरेको कारबाहीमा कम्तीमा पनि २ सय ३५ जनाको मृत्यु भएको छ भने १५ सय भन्दा बढी घाइते भएका छन् ।
मुलुकभर एक महिनाका लागि संकटकाल लगाइएको छ । यसैबीच सेनाले गरेको कार्वाहीप्रति असन्तुष्टी जनाउँदै उपराष्ट्रपति मोहम्मद अल बारादेईले पदबाट राजीनामा दिनुभएको छ भने मुश्लिम ब्रदरहुडले सैनिक हस्तक्षेपलाई नरसंहार भनेको छ । मुश्लिम ब्रदरहुडका धेरै नेता पक्राउ परेका छन् । सैनिक कारबाहीपछि मुर्सीको पुनर्वहालीको माग गर्दै सडकमा अड्डा जमाएका विपक्षीहरु तितरवितर भएको पनि समाचारमा जनाइएको छ ।
Agencies