बर्दिया । बर्दियाको गुलरिया नगरपालिका क्षेत्रका वाढी पीडितहरुले बर्दिया जिल्ला प्रशासन कार्यालयमा आज दोस्रो दिन पनि धर्ना दिएका छन् ।
पीडितहरुको धर्नाको कारण आज पनि नगरपालिकाको कामकाज प्रभावित बनेको छ । सरकारले घरमा पानी पसेकाहरुलाई राहत दिने तर जग्गा नदीले कटान गरेकालाई भने सम्वोधनै नगरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।
सरकारले बाढी रोकथामको लागि कुनै उपाय नअपनाएको पिडितको गुनासो छ । बर्दियाको पूर्वमा बबई र पश्चिममा कर्णाली नदीको बाढीले कटान गरेपछि हजारौं विगाहा जमीन बगरमा परिणत भएको छ । उता, नगरपालिकाले भने सिमित श्रोत र साधनले नदी नियन्त्रण गर्न नसकेको जनाएको छ ।
नदी कटानले आवादी, ऐलानी, वनक्षेत्र, मानव वस्ती कटान गर्नुका साथै नेपाल भारत वीचका सीमा स्तम्भहरु वगाई सकेको छ ।
RSS