इराकको बग्दादमा भएका श्रृंखलाबद्ध बम विष्फोटमा परी कम्तिमा ३३ जना मारिए

बग्दाद  । इराकको राजधानी बग्दादमा आज भएका श्रृंखलाबद्ध बम विष्फोटमा परी कम्तिमा ३३ जना मारिएका छन् । शहरका विभिन्न भागमा गराइएको ६ वटा कार विष्फोटमा धेरै जना घाईते भएका छन् ।


विष्फोट शिया बाहुल्य र शिया-सुन्नी दुवै समुदायको बसोबास रहेको क्षेत्रहरुमा गराइएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।


इराकमा पछिल्लो सयम शिया र सुन्नी समुदायबीचको तनाब हिंसात्मक बनेपछि थुप्रै मारिइसकेका छन् । केही महिनाको हिंसामा मात्रै ३ हजार जनाको मृत्यु भइसेकेको छ ।

 

AGENCIES