काठमाडौ – राजेन्द्र महतो नेतृत्वको सद्भावनाले एक साता अघि पार्टी प्रवेश गरेका शाहीकालिन पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डललाई वरिष्ठ नेता बनाएको छ ।
मण्डलसंगै पार्टी प्रवेश गरेका मोरङका यदुवंश साहलाई उपाध्यक्षको जिम्मेवारी दिइएको महासचिव मनिष सुमनले जनाएका छन् । अब सद्भावनामा उपाध्यक्षको संख्या सात पुगेको छ ।
बद्रीसंगै सद्भावना प्रवेश गरेका पूर्व सभासद् रामानन्द मण्डल, विष्णु चौधरी र रामविनोद यादबलाई केन्द्रीय सदस्य बनाएको छ । पार्टीको कार्यसम्पादन समितिको वैठकले उनीहरुलाई जिम्मेवारी तोकेको हो ।
RSS