काठमाडौं । सरकारले पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रक्रिया अघि वढाएको जनाएको छ ।
नेपाल हवाई यातायात नियन्त्रक संघको १३ औं वार्षिक साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले यही सरकारको पालामा पोखरा विमानस्थल निर्माण सम्झौता र लुम्बिनी विमानस्थल निर्माणका लागि टेण्डर आह्वान गर्न मातहतका निकायलाई आग्रह गरे ।
मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र हवाई पयर्टक धान्न नसक्ने टिप्पणी गर्दै जति सक्यो छिटो पोखरा र लुम्बिनीमा पनि विमानस्थलको निर्माण थाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सहभागी वक्ताहरुले विमानस्थलको अवस्था, मर्मत सम्भारको अभाव र अत्याधुनिक उपकरणको अभावमा गुणस्तरीय सेवा दिन नसकिएको गुनसो गरेका थिए ।
उनीहरुले हवाई यातायात नियन्त्रकलगायत विमानस्थलका कर्मचारीहरुको मनोवल बढाउने कार्य नहँुदा हवाई सुरक्षामा पनि नकारात्मक असर पर्न सक्नेतर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
RSS