आपतकालीन सहयोगको लागि अर्घाखाँची डट्कमको आग्रह

– बिनोद गैरे

 

विभिन्न समयमा अपतकाली सहयोग मार्फत धेरैलाई नयाँ जिवन दिएको अर्घाखाँची डट्कमले यस पटक पनि एक जना युवालाई नया जिवन दिनको लागी सम्पूर्णमा अनुरोध गर्न वाध्य भएका छौ । भनिन्छ ऋण लागोस् तर दीन नलागोस् । तर के गर्नु दीनले धनी, गरीव, वालक, युवा, तन्नेरी, वृद्ध केही भन्दोरहेनछ ।


जव मानिस दुई छाक जोहो गर्नको लागि रात दिन काममा खटिरहेको हुन्छ तव खतरा मानिएका ठूला रोगहरुले मानिसलाई गाँजो गाड्दछ भने अवस्था के होला ? एक पटक सोचौ त ? यस्तै नियती भोग्नु परेको छ अर्घाखाँची जिल्ला सिद्धारा गा.वि.स. वडा नं. ५ का चन्द्रबहादुर पुन मगरले ।


पेशाले गाडी ड्राईभर पुनका अहिले दुवै मृगौलाले काम गर्दैनन् । बल्ल २४ वर्षको कल्कलाउदो उमेरमा प्रवेश गरेका चन्द्रबहादुरका घरमा आमा, वुवा, भाई, श्रीमति र एक छोरी हुनुहुन्छ । ३ वर्ष अघि विहे गरेका चन्द्रको छोरीको उमेर बल्ल २ भयो । घर परिवार
 
चलाउनको लागि ७ वर्ष अघि देखि नै देउराली यातायात व्यवयायी संघको जीपमा सहायक चालकको कामगर्न सुरु गरेका पुन हाल सोही यातायातको लु.१ ज. २०८७ को जीपका चालक थिए । जब उनी बिरामी परेर जिल्लाबाट त्रि.वि. शिक्षण अस्पतालमा रिफर भए, केही दिनको परीक्षण पश्चात उनको रिपोर्टबाट पत्ता लाग्यो की उनका दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगीकेछन् ।


जिल्लाको सदरमुकाम सन्धिखर्क-६, ईशाराटोलमा भाडामा बस्दै आएका उनीसँग कत्ति पनि पैसा छैन । उनका लागि मृगौला बुवा वा आमा मध्ये कसैको प्रत्यारोपण गर्ने निश्चित भयो तर डायलोशिस र औषधीको लागि आवश्यक पर्ने करिव ८ लाख रुपैँया जुटाउन त्यति सजिलो भएन । यही पिडाले उनी र घर परिवारका आँखा ओभाना छैनन् ।

 

आर्थिक अभावकै कारण जीन्दगीको सबैभन्दा पिडादायिक क्षणमा थला परेका पुनलाई तपाई हाम्रो सहयोगको अत्यन्तै खाँचो रहेको छ । थोपा थोपा मिलेर समुन्द्र बनेझैं १००-५० रुपैंयाँले ८-१० लाख पु

अन्य समाचारहरु