सरकार र मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाबीचको वार्ता सहमति नजिक पुगेको छ । नेकपा-माओवादी संविधानसभा चुनावमा सहभागिता लागि सकारात्मक भएको छ ।
शुक्रबार राती सकिएको वार्तामा नेकपा-माओवादी चुनावमा सहभागि हुन सकारात्मक भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो । नेकपा-माओवादीका नेता देव गुरुङले वार्ता सकरात्मक भएको बताउनुभयो । आइतबार फेरि वार्ता गरेर निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् ।
वार्ता पछि वातावरण सहज भएको र अन्तरबस्तुमा छलफल गर्न भोली आईतवार फेरि वार्ता हुने नेकपा एकीकृतका नेता केबी गुरुङले जानकारी दिनुभयो । गोलमेच सभाका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न नेकपा-माओवादी नेतृत्वको दलीय मोर्चाले राखेको प्रस्तावलाई सरकारले सकारात्मक रुपमा लिएको जनाएको छ ।