बेलायतले यमनस्थित दूतावास खोल्ने निर्णय

आतंकवादी सञ्जाल अलकायदाको आक्रमणको आशंकापछि बन्द गरिएको यमनस्थित बेलायती दूतावास आजबाट खोल्ने निर्णय गरिएको छ । 
राजधानी सानास्थित दूताबास बन्द गर्ने निर्णय गरी आफना कर्मचारीलाई फिर्ता बोलाएको बेलायतले स्थिति सामान्य भएपछि दूतावास फेरि खोल्ने निर्णय गरेको हो ।
 यद्यपी, अमेरिकाले भने मध्य पूर्वका केही देशमा बन्द गरेका आफ्नो नियोगहरु अझै खोलेको छैन ।
अलकायदाका प्रमुख आयमन अल जवाहिरी र अर्का नेता नसर अल वुह्यासीले अमेरिकी नियोगहरुमा आक्रमण गर्ने योजना बनाएको खुलेपछि अमेरिका र बेलायतले मध्य पूर्वका केही देशमा रहेका आफ्ना कूटनीतिक नियोगहरु बन्द गर्ने निर्णय गरेको थियो ।
– Agencies